चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक | Khabarhub Khabarhub

चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई बेलायतले चार्टर्ड उडान मार्फत स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । काठमाडौंमा उसको यो तेस्रो चार्टर्ड उडान हो ।

यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि शुक्रबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने यकिन विवरण आएको छैन । जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ ।

शुक्रबार नै विहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाईड बडी जहाज चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए । दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन् ।

आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् । शुक्रबार नै दिउँसो यति एयरलाइन्सको जहाजले ३५ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो । श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ । अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ । यसअघि पनि श्रीले काठमाडौँ–सुडानमा कार्गो उडान गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०२ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका