चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक « Khabarhub

चार्टर्ड उडानमार्फत स्वदेश फर्किए थप २२८ बेलायती नागरिक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई बेलायतले चार्टर्ड उडान मार्फत स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । काठमाडौंमा उसको यो तेस्रो चार्टर्ड उडान हो ।

यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि शुक्रबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने यकिन विवरण आएको छैन । जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ ।

शुक्रबार नै विहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाईड बडी जहाज चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए । दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन् ।

आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् । शुक्रबार नै दिउँसो यति एयरलाइन्सको जहाजले ३५ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो । श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ । अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ । यसअघि पनि श्रीले काठमाडौँ–सुडानमा कार्गो उडान गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी