पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित छैनन् : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित छैनन् : स्वास्थ्य मन्त्रालय


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका क्रममा नयाँ बिरामी नथपिएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले नियमित प्रत्यक्ष्य अपडेट मार्फत नयाँ संक्रमित नथपिएको बताए ।

प्रवक्ता देवकोटाका अनुसार १६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म पीसीआर विधिबाट ७ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाइग्रोष्टिक किट (आरडीटी)बाट १६ हजार ५ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म कुल २४ हजार २ सय ५३ जनाको कोरोना परीक्षण गरीएको छ । गत २४ घण्टामा मात्र ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार आरडीटी परीक्षण सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा शुरु भएको छ ।

यस्तै देशभरका विभिन्न अस्पतालमा ९० जना व्यक्तिहरु आइसोलेसनमा रहेका छन् । यस्तै ४ हजार ६ सय ७ जना देशभरका क्वारेन्टाइनमा रहेका छन् ।

पाटन अस्पतातामा पनि पीसीआर

स्वास्थ्य मन्त्रालयले कोरोनाको बिरामीलाई उपचार गर्न हब अस्पतालको रुपमा तोकिएको पाटन अस्पतालमा पनि अब पिसिआर विधिबाट कोराना परीक्षण हुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले पाटन अस्पतालमा पनि पिसिआर मेसिन जडान गरिएको जाकारी दिएका छन् । पाटन अस्पतालमा पनि छिट्टै कोरोना परीक्षण शुरु हुने प्रवक्ता देवकोटाको भनाइ छ ।

यो सँगै नेपालभरी १४ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

यस्तै आरडीटी परीक्षणका लागि सबै प्रदेशमा ३० हजार भन्दा बढी आरडीटी किट पठाइएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि पाँच हजारका दरले सबै प्रदेशमा आरडीटी परीक्षण किट पठाएको थियो ।

प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका ३४ जना चिकित्सक सुदुरपश्चिम प्रदेशमा पुगेको जानकारी दिए । न्याम्समा एमडी एमएसका चिकित्सकलाई हेलिकोप्टर चार्टर गरेर धनगढी पठाइएको हो । उनीहरुलाई एक महिनाको लागि पठाइएको प्रवक्ता देवकोटाले बताए । उनीहरुलाई प्रदेश सरकारले आवश्यकता अनुसार प्रदेशभित्रका अस्पतालमा खटाउने छ ।

स्वास्थ्य मन्त्रालयले नियमित लाइभ अपडेट मार्फत फोक्सो रोग विशेषज्ञ तथा आइसियु विज्ञ डाक्टर अर्जुन कार्कीले अस्पतालको व्यवस्थापन र संक्रमति र सम्भावित संक्रमितको उपचारबारे जानकारी दिएका छन् ।

डा कार्कीको भनाइ जस्ताको तस्तैः

कोरोना भाइरस संसारकै लागि नयाँ महामारीको रुपमा आएको हुनाले यसको सबै जानकारी वैज्ञानिकहरुलाई पनि छैन । अहिलेसम्म जुन जुन ठाउँमा महामारी भयो त्यहाँको बिरामीको संक्रमणको प्रकृति, विभिन्न देशले रोग नियन्त्रणको लागि लिएको नीतिहरु र वैज्ञानिकहरुले अनुसन्धान गरेर दिएको जानकारी बारे छोटकरीमा भन्न चाहन्छु ।

यो संक्रमण हावाबाट हवाइजहाज उडे जसरी आउने होइन । यो संक्रमित मान्छेको सम्पर्कमा वा नजिक परियो र उहाँहरुले खोक्दा र हाच्छियु गर्दा नजिक भयौ भने सर्ने सम्भावना बढी हुन्छ ।

एकपटक रोग सरेपछि कतिपयलाई रोगको लक्षण देखिन्छ भने कतिपयलाई लक्षण देखिदैन । लक्षण नदेखिएका संक्रमितले पनि भाइरस अरुलाई सार्न सक्ने हुनाले कुनै मान्छेले खोकेको, हाच्छियु गरेको समस्या नजिक पर्न हुँदैन । यसले जोखिम बढि हुन्छ।

लक्षण नदेखिएकाले पनि रोग सार्ने भएकाले वैज्ञानिकहरुले नै पुष्टि गरेको रोग सर्न नदिने उपाय भनेको सकेसम्म भिडभाडमा नजाने, जानै परेमा दुरी कायम गरेर काम सकेर घर फर्किने, नयाँ वस्तु छोएपछि साबुनपानीले हात धुने, साबुनपानी नभएको अवस्थामा स्यानिटाइजर भएपनि लगाउने । यस्तो नगरी आफ्नो हातहरु अनुहारमा लैजादा संक्रमण हुने जोखिम बढी हुन्छ ।

एउटा खुसीको कुरा के छ भने एक सय जना मानिसलाई कोरोना लाग्यो भने ८० जनालाई साधारण लक्षण मात्र सिमित हुन्छ रोगले चाप्दैन । यस्तै करिव २० प्रतिशत मानिसलाई यो रोगले च्याप्छ र सास फेर्न गाह्रो हुने भएपछि सिथिल भएपछि अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ ।

८० प्रतिशत मान्छेले घरमै केयर गर्न पनि सक्छन् ।तर संका लाग्यो भने डराइहाल्नुपर्छ । पिसिआर विधिको परीक्षण सबैभन्दा राम्रो ।यसको पनि सिमितताहरु छन् । अर्को धेरै ठाउँमा आरडीटी विधिबाट परीक्षण गरिएको छ । यसको पनि केही सिमितता छन् ।

एकपटक संक्रमण भएपछि ६,७ दिनमा हाम्रो एण्टिबडीलाई टिप्न सक्छ । तर त्यसले संक्रमण कहिले भएको थियो भनेर भन्न सक्दैन । त्यसकारण डाक्टर जसले मुल्यांकन गरेको छ । जो बाहिरबाट आएको वा बाहिरबाट आएको व्यक्तिसँग् सम्पर्क भएको छ भने त्यो पहिलो पटकको परीक्षणमा पोजेटिभ नदेखिएपनि चिकित्सकको निगरानीमा रहेको फेरी हेर्नुपर्ने अवस्था आउँछ ।

यस्तै क्वारेन्टाइनमा बस्दा टेष्ट गर्दा संक्रमण देखिएन भनेर एकदम ठिक भयो भनेर सतर्कता अपनाउन छाड्नु हुँदैन । किनकी उसलाई संक्रमण नभएको होला तर उ पनि संक्रमितबाट संक्रमण सर्न सक्छ । त्यसैले क्वारेन्टाइनबाट निश्किएपछि लापरबाही गर्नु हुँदैन ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : १९ बजे

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक