चितवन जिल्ला अदालतको आदेश- कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्नु « Khabarhub

चितवन जिल्ला अदालतको आदेश- कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्नु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले थुनामा पठाउनुपर्ने कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कोरोना परीक्षण गरी संक्रमित नभए मात्रै कारागार चलान गर्न आदेश दिएको छ । 

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले छिमेकीको हत्या अभियोगमा चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

आदेशमा पौडेलमाथिको थप छानविनका लागि पूर्पक्षका लागि थुनामा पठाउनुअघि कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र कारागार पठाउन भनिएको छ । 

अदालतले चैत ६ गते नै पक्राउ परेका पौडेललाई हिरासतमा रहँदा सामाजिक दूरी कायम राखिएको थियो वा थिएन ? भन्ने प्रश्न समेत उठाएको छ ।

न्यायाधीश रावलको इजलाशले हत्या अभियोग लागेका पौडेलको आरडीटी वा पीसीआर जुन माध्यमबाट भएपनि परीक्षण गर्न र कोरोनाको लक्षण देखिएको अबस्थामा चिकित्सकको परामर्शमा भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गर्न समेत भनिएको छ । 

अभियुक्त पौडेलले गत फागुन ३० गते पारिवारिक विवादका क्रममा छिमेकी भुवानी प्रसाद पाण्डेलाई कुटपिट गरेको र उनको उपचारका क्रममा चैत ६ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ५७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी