नेपालमा आजमात्र थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो  « Khabarhub

नेपालमा आजमात्र थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा र चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उदयपुरका १२ जना संक्रमित मुस्लिम समुदायका व्यक्तिहरु हुन् । उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

यस्तै चितवनका २७ वर्षीय पुरुष  र ६३ वर्षीयमा महिला रहेको सहप्रवक्ता डा अधिकारीले बताए ।

उनीहरुको विषयमा थप जानकारी लिन कन्ट्रयाक ट्रेसिङको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित क्षेत्रका टोली खटाइसकेको सह प्रवक्ता डा अधिकारीको भनाइ छ ।

यसअघि प्रदेश एकको बिराटनगरमा रहेको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै चिवतनका दुुइजनाको पनि चितवनमै पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेशका प्रयोगशालाहरुमा पीसीआर विधिबाटै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि संक्रमण पुष्टि गर्न प्रदेश सरकारले उनीहरुको थ्रोड स्वाबको नमूना केन्द्रीय प्रयोगशालामा पठाएका थिए । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले १४ जना संक्रमित थपिएको आधिकारीक रुपमा जानकारी दिएको हो ।

यसअघि नेपालमा १६जना कोरोना संक्रमित रहेको र ती मध्ये एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या थप भएको विषयमा फेसबुकमा लेखेको छ- हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२७ वर्षीय पुरुष र ६३  वर्षीय महिला )

अध्यावधिक मिति: २०७७ बैशाख ५ गते

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ४३ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा