भारतले पारासिटामोलको निर्यात खुलायो « Khabarhub

भारतले पारासिटामोलको निर्यात खुलायो


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला भारतले पारासिटामोल निर्यात खुल्ला गरेको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तगर्त विदेशी व्यापार महानिर्देशनालयले विज्ञप्ति जारी गर्दै पारासिटामोलको निर्यात खुल्ला गरेको जनाएको हो ।

यद्यपि विज्ञप्तिमा पारासिटामोल उत्पादन गर्न आवश्यक पदार्थहरुको निर्यातमा लगाइएको बन्देज भने कायम रहने जनाइएको छ ।

पारासिटामोललाई दुखाई कम गर्ने औषधिका रुपमा प्रयोग गरिन्छ ।

भारतले गत मार्च महिनामा पारासिटामोल उत्पादन गर्न चाहिने २६ पदार्थ र ती पदार्थबाट बनेका औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि गत अप्रिल ७ का दिन भारतको विदेश मन्त्रालयले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा निश्चित मात्रामा हाइड्रोक्सीक्लोरोक्विन नामक औलोको औषधि र पारासिटामोल निर्यात गर्न खुल्ला गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ५४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी