भारतले पारासिटामोलको निर्यात खुलायो « Khabarhub

भारतले पारासिटामोलको निर्यात खुलायो


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला भारतले पारासिटामोल निर्यात खुल्ला गरेको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तगर्त विदेशी व्यापार महानिर्देशनालयले विज्ञप्ति जारी गर्दै पारासिटामोलको निर्यात खुल्ला गरेको जनाएको हो ।

यद्यपि विज्ञप्तिमा पारासिटामोल उत्पादन गर्न आवश्यक पदार्थहरुको निर्यातमा लगाइएको बन्देज भने कायम रहने जनाइएको छ ।

पारासिटामोललाई दुखाई कम गर्ने औषधिका रुपमा प्रयोग गरिन्छ ।

भारतले गत मार्च महिनामा पारासिटामोल उत्पादन गर्न चाहिने २६ पदार्थ र ती पदार्थबाट बनेका औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि गत अप्रिल ७ का दिन भारतको विदेश मन्त्रालयले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा निश्चित मात्रामा हाइड्रोक्सीक्लोरोक्विन नामक औलोको औषधि र पारासिटामोल निर्यात गर्न खुल्ला गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ५४ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने