उदयपुरका १२ संक्रमितलाई कोरोना विशेष अस्पताल विराटनगर लगिँदै « Khabarhub

उदयपुरका १२ संक्रमितलाई कोरोना विशेष अस्पताल विराटनगर लगिँदै


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरका १२ जनालाई विराटनगरको कोशी अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने भएको छ ।

कोशी अस्पतालका डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनीहरुलाई उदयपुरबाट विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको हो ।

‘उहाँहरुलाई उदयपुरबाट यहाँ भएको कोरोना विशेष अस्पतालमा ल्याइदै छ, अहिलेसम्म आइपुग्नुभएको छैन, सायद बाटोमा हुनुहुन्छ होला,’ डा यादवले खबरहबसँग भने, ‘अबको एक घण्टामा यहाँको अस्पतालमा संक्रमितलाई ल्याइपुर्‍याइन्छ होला ।’

डा यादवका अनुसार कोशी अस्पतालमा कोरोना विशेष अस्पतालमा भनेर छुट्टै अस्पताल खोलिएको छ । उनीहरुलाई सोही कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखिने छ । डा यादवका अनुसार संक्रमित १२ जनाको असअघि कोशी अस्पतालमा पनि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

प्रदेशको प्रयोगशालामा पहिलो पटक धेरै केस पोजेटिभ आएपछि संक्रमित यकिन गर्न अस्पतालले उनीहरुको थ्रोड स्वाब संकलन गरी केन्द्रमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाएको थियो । उनीहरुमध्ये केही भारतिय र केही नेपाली रहेका छन् । अस्पतालमा आइपुगेपछि नै उनीहरुको विषयमा थप जनाकारी प्राप्त हुने अस्पतालका डा यादवले बताए ।

ढा यादवका अनुसार उनीहरु उदयपुरमा मस्जिदमा रहेका थिए । उनीहरुको मस्जिदमै स्वाब संकलन गरि पहिला कोशीमा पठाइएको छ पछि कोरोना पोजेटिभ देखिएपनि काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि कोरोना संक्रमण भएको पुष्टि गरेपछि उनीहरुलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले केही समय अघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । उदयपुरका १२ जना संक्रमित नै पुरुष छन् । उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच