उदयपुरका १२ संक्रमितलाई कोरोना विशेष अस्पताल विराटनगर लगिँदै | Khabarhub Khabarhub

उदयपुरका १२ संक्रमितलाई कोरोना विशेष अस्पताल विराटनगर लगिँदै


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरका १२ जनालाई विराटनगरको कोशी अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने भएको छ ।

कोशी अस्पतालका डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनीहरुलाई उदयपुरबाट विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको हो ।

‘उहाँहरुलाई उदयपुरबाट यहाँ भएको कोरोना विशेष अस्पतालमा ल्याइदै छ, अहिलेसम्म आइपुग्नुभएको छैन, सायद बाटोमा हुनुहुन्छ होला,’ डा यादवले खबरहबसँग भने, ‘अबको एक घण्टामा यहाँको अस्पतालमा संक्रमितलाई ल्याइपुर्‍याइन्छ होला ।’

डा यादवका अनुसार कोशी अस्पतालमा कोरोना विशेष अस्पतालमा भनेर छुट्टै अस्पताल खोलिएको छ । उनीहरुलाई सोही कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखिने छ । डा यादवका अनुसार संक्रमित १२ जनाको असअघि कोशी अस्पतालमा पनि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

प्रदेशको प्रयोगशालामा पहिलो पटक धेरै केस पोजेटिभ आएपछि संक्रमित यकिन गर्न अस्पतालले उनीहरुको थ्रोड स्वाब संकलन गरी केन्द्रमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाएको थियो । उनीहरुमध्ये केही भारतिय र केही नेपाली रहेका छन् । अस्पतालमा आइपुगेपछि नै उनीहरुको विषयमा थप जनाकारी प्राप्त हुने अस्पतालका डा यादवले बताए ।

ढा यादवका अनुसार उनीहरु उदयपुरमा मस्जिदमा रहेका थिए । उनीहरुको मस्जिदमै स्वाब संकलन गरि पहिला कोशीमा पठाइएको छ पछि कोरोना पोजेटिभ देखिएपनि काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि कोरोना संक्रमण भएको पुष्टि गरेपछि उनीहरुलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले केही समय अघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । उदयपुरका १२ जना संक्रमित नै पुरुष छन् । उनीहरुको उमेर क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्ष रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३० बजे

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल