थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण « Khabarhub

थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी ती परिवारलाई उपलब्ध गराइएको बताइएको छ ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहुल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई छ/सात महिनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करिब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई/तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले जानकारी दिए ।

मकवानपुरमा अहिले करिब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : २० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा