कोरोना भाइरस : विश्वभर ४७ लाख संक्रमित, ३ लाख १२ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ४७ लाख संक्रमित, ३ लाख १२ हजारको मृत्यु


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ३११ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १४ हजार ७५७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख ९ हजार ७२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।

२५ लाख ९२ हजार ७२३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८४१ जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार ६७२ जनाको मृत्यु भएको छ ।

१७ लाख ६१ हजार ३५५ जना संक्रमित भएकोमा ७ लाख ५५ हजार ५२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार ८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५८ हजार २१८ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २४ हजार २९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २२ हजार ४०६ जनाको मृत्यु भएको छ । ४ लाख २४ हजार ५०२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ७२६ जनाको ज्यान गएको छ भने ८३ हजार २७६ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६३८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ५ हजार ६८४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ०३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ