भारतमा २ हप्ता लकडाउन थप्ने तयारी | Khabarhub Khabarhub

भारतमा २ हप्ता लकडाउन थप्ने तयारी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि भारत सरकारले अरू २ हप्ता लकडाउन बढाउने तयारी गरेको छ ।

शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा भएको छलफलमा लकडाउन थप्ने बिषयमा संवाद भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा नगरिए पनि लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

भारतमा कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ८ : ०१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल