बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।

क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : २२ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको