वाणिज्य विभागले आपूर्ति व्यवस्थापनका लागि आजबाट सवारी पास दिने « Khabarhub

वाणिज्य विभागले आपूर्ति व्यवस्थापनका लागि आजबाट सवारी पास दिने


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ।

यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरेको हो ।

दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ, नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक संख्यामा नीलो रंंगको पास जारी गर्नेछ।

विभागले स्थानीय तहले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोवार सञ्चालनमा ल्याउने, कारोवार गर्दा मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ।

बिक्रीस्थलमा काम गर्ने व्यक्तिलाई सामाजिक दूरी कायम गरी मास्क, पञ्जा, स्यानिटाइजर तथा नियमित हात धुन र सकभर विद्युतीय कारोवार गरी ग्राहकलाई सेवाको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ।

एम्बुलेन्स, शव वाहन एवं औषधि तथा औषधिजन्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, निर्माण सामग्रीलगायत सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाइएको छ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : ५९ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका