बाराका २५ प्रहरी क्वारेन्टाइनमा « Khabarhub

बाराका २५ प्रहरी क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै उनको सम्पर्कमा रहेका २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानलाई संक्रमण देखिएको प्रहरी निरीक्षकसहित २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै स्थानीय बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिसकिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए।

संक्रमित प्रहरी जवानलाई भने जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ। रौतहट घर भएका उनी यही वैशाख २९ मा घर गएर भोलिपल्ट काममा फर्किएको खुलेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ०५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका