बाराका २५ प्रहरी क्वारेन्टाइनमा « Khabarhub

बाराका २५ प्रहरी क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै उनको सम्पर्कमा रहेका २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानलाई संक्रमण देखिएको प्रहरी निरीक्षकसहित २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै स्थानीय बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिसकिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए।

संक्रमित प्रहरी जवानलाई भने जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ। रौतहट घर भएका उनी यही वैशाख २९ मा घर गएर भोलिपल्ट काममा फर्किएको खुलेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ०५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी