निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारप्रति बागमति प्रदेश सरकारद्वारा खेद प्रकट « Khabarhub

निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारप्रति बागमति प्रदेश सरकारद्वारा खेद प्रकट


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहार प्रति बागमती प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयल बागमती प्रदेशले एक विज्ञप्ति निकाल्दै प्रयोगशालाका निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारको खेद प्रकट गरेको हो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता दिपेन्द्र सुवेदीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीलाई गत शुक्रबार कोभिड १९ निदान तथा नियन्त्रण कार्यका लागि काठमाडौं आउने क्रममा नागढुंगा नाकामा केही व्यक्तिहरुले दुर्व्यवहार गरेको बताए ।

बागमती प्रदेश सरकारले नागढुंगामा सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही मानिसहरुले प्रयोगशालाका निर्देशकको गाडी रोकेर खानतलासी गरी अभ्रद व्यवहार गरेको समेत जनाइएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सो घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेको छ ।

उनीमाथि भएको दुर्व्यवहारको भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । सो भिडियोमा धेरैले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै भिडियो लाइभ गर्दै स्वास्थ्यकर्मीको खानतलासी गर्नेहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : ०१ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर