सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुग्यो « Khabarhub

सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुग्यो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ ।

पूर्व आईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

अनुसन्धान पुरा गरेर फाईल बुझाएको भन्दै उनले मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुने बताए ।

वैशाख १० मा सर्वेन्द्र खनाल र दुई सांसदले डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।

काठमाडौं प्रहरी स्रोतका अनुसार अनुसन्धानबाट ‘अपहरण’ पुष्टि नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई ‘मुद्दा चलाउन नमिल्ने’ सिफारिस गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका