भारतबाट आएका २९ जना क्वारेन्टाइनमा « Khabarhub

भारतबाट आएका २९ जना क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

शनिबार मध्यरात गाडीमा पुगेका उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्‍याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो ।

पहिले गाउँपालिकाभित्रका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनमा सुरक्षा अभावका कारण मानिस अटेर गरेर गाउँ पस्ने र क्वारेन्टाइनमा नबस्ने गरेपछि सुरक्षास्थिति मजबुद बनाएर जिल्लास्तरीय क्वारेन्टाइन बनाएको हो ।

पछिल्लो समय एक हजार २६३ जना नागरिकको पिसिआर जाँच नेगेटिभ आएको जनाएको छ । जिल्ला बाहिरबाट मानिस आउने भएपछि आकस्मिकरुपमा स्थानीय तह, राजनीतिक दल र सुरक्षा प्रमुखको शनिबार बैठक बसेर कर्णाली प्राविधिक शिक्षालयलाई जिल्लाकै एकीकृत क्वारेन्टाइन तयार गर्ने निर्णय गरिएको थियो ।

सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिका २०७६ अनुसार तयार गरिने भएको छ । निर्देशिका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मेडिकल अधिकृत रहने गरी क्वारेन्टाइन परिचालन समिति गठन तथा परिचालन गरिएको छ । क्यारेन्टाइनमा निर्देशिका अनुसार व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । उनले खाना, खाजा र व्यायामसहित सिकाउने योजना रहेको जानकारी दिए ।

यता भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेर राहात गरेकामा खुशी व्यक्त गरेका छन् । हिमा गाउँपालिका–१ देवारगाउँ निवासी गगन शाहीले हामीलाई उद्धार गरेर आफूहरुलाई मातृ जिल्लामा ल्याएकामा सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे ।

उनले सरकारको नियम पालना गरी एक महिना भए पनि क्वारेन्टाइनमा बस्ने बताए । क्वारेन्टाइनमा बस्न कसैका लागि नभई आफ्ना लागि भएको हिमा गाउँपालिका–३ ओदीका दिलबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ३ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका