मेस्सीको गोलमा लेगानेसविरूद्ध बार्सिलोनाको २- ० को जीत | Khabarhub Khabarhub

मेस्सीको गोलमा लेगानेसविरूद्ध बार्सिलोनाको २- ० को जीत


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा मंगलबार रातिको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा २-० को जीतसँगै बार्सिलोनाले शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्‍यो।

लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

त्यसअघि ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् ।

जीतसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : १० बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा