कोरोना भाइरस : २४ घण्टामा विश्वभर ६ हजार ५ सयभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा विश्वभर ६ हजार ५ सयभन्दा बढीको मृत्यु


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ ।

एकै दिन १ लाख ४२ हजार ५४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार २५७ पुगेको छ ।

संक्रमित ३५ लाख ४ हजार ७०५ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ८९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८३ हजार ९६७ जनाको मृत्यु भएको छ ।

२२ लाख ३५ हजार २१२ जना संक्रमित भएकोमा ११ लाख ८९ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ३९ हजार ६०२ पुगेको छ । त्यसमध्ये ११ लाख १४ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४३ हजार ६६० जनाको मृत्यु भएको छ । १६ लाख ९१ हजार ४४९ जना संक्रमित भएकोमा १० लाख ६० हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६३ हजार २६२ जनाको मृत्यु भएको छ । १५ लाख १३ हजार ६८८ जना संक्रमित भएकोमा ८ लाख ६ हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार २६ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार ५८१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित