उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ « Khabarhub

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व छाड्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौँ एक कार्यक्रममा बोल्दै नेता थापाले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नेतृत्वबाट अलग हुनुपर्ने धारणा राखे । 

पार्टीभित्र पछिल्लो समय देखिएको विवाद, नेतृत्वको कार्यशैली तथा निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै थापाले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याए । उनले अन्य ठाउँमा राप्रपाले समर्थनमा गरेर सरकार बन्न हुने बागमतीमा किन नहुने भन्दै पार्टी नेतृत्वको पक्षपातपुर्ण व्यवहार देखिएको टिप्पणी गरे । 

उनले १२ जना बागमती प्रदेश सदस्यहरूमा ७ जनाको स्पष्ट निर्णयको साथ आफुहरु सरकारमा गएको बताए । उनले काठमाडौँ जिल्ला अधिवेशनका विषयमा अदालतको फैसला नआएसम्म सबै कुरालाई यथास्थितिमा राख्नु भन्ने आदेश आए पनि पार्टी मनोमानी ढङ्गले  अघि बढेको भन्दै पार्टी नेतृत्वले अदालतको समेत मानहानि गरेको बताए । 

नेता थापाले आफ्ना मान्छेहरूलाई मात्र कमिटीमा ल्याउने र हिजोदेखी पार्टीलाई योगदान दिएकाहरूलाई बाहिर राखेर पार्टी एकतर्फीरुपमा कब्जा गर्न खोजिएको आरोप लगाए ।

उनले पार्टी राजेन्द्र लिङ्देको नेतृत्वमा गएपछि सकिने अवस्थामा पुगेको टिप्पणी गरे । नेता थापाले फेरीपनि लिङ्देन अध्यक्ष रहे पार्टी सकिने चेतावनी दिँदै यो महाधिवेशनमा अध्यक्ष लिङ्देनलाई पराजित गर्न पार्टी पंक्तीलाइ आग्रह गरे। 

यसअघि पार्टी केन्द्रले पार्टीको निर्देशन विपरीत प्रदेश सरकार गठनमा समर्थन जनाएको आरोपमा थापामाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : ०४ बजे

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागेका छौँ : श्रममन्त्री

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा

सपना छ, अवसर छैन : डिग्रीपछि के ?

एउटा पुस्तालाई पढ्न सिकाइयो, सपना देख्न सिकाइयो, सफल हुन सिकाइयो