प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या २ हजार ३६७ पुग्यो | Khabarhub Khabarhub

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या २ हजार ३६७ पुग्यो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो ।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए ।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ ।

अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।

गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका गरी १४ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, कावासोती नगरपालिकाका वर्ष ३७ वर्षका पुरुष तथा पालिका नखुलेको एक जना २७ वर्षका पुरुषमा समेत सङ्क्रमण फेला परेको बताइएको छ । पर्वतको फलेवास नगरपालिका १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षीया एक महिलामा समेत सङ्क्रम पुष्टि भएको छ ।

नयाँ सङ्क्रमण पुष्टि भएका सबै जना भारतबाट आएर सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २४७ कोरोना सङ्क्रमित पुगेका छन् ।

प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ६६, बागलुङमा ४१, पर्वतमा २९, गोरखामा २५, तनहुँमा ११, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।

कूल सङ्क्रमितमध्येमा १३ महिला छन् । सङ्क्रमितमध्ये २२ विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ३५५ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १२ : २३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस