एनसेलका डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज | Khabarhub Khabarhub

एनसेलका डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलकाआधिकारिक खुद्राविक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।

यसकालागि एनसेल प्रा.लि.ले विभिन्न तीन मोबाइलवालेटहरूसँग साझेदारी गरेको छ । आफ्ना खुद्राविक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधाप्रदान गरेको छ ।

विविध सेवातथा सुविधाहरूको प्रयोग गर्न अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ ।

अब यीवालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् ।

एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवाप्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पुर्‍याउने आफ्नो प्रतिबद्धता बमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । शुरुवाती चरणमा ग्राहकले यीवालेटमार्फत वावालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।

“एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यक्ता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ । डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, “डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा विक्रेताहरूलाई ग्राहक माझ सिधै सेवाप्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं । यो हाम्रा ग्राहकहरुका लागि एउटा ठूलो सुविधाहो ।”

ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकता अनुसार प्याकहरु सिधैं खुद्रा विक्रेतामार्फत किन्न सक्नेछन् । ग्राहकले नजिकैको खुद्राविक्रेताबाट आवश्यकता अनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् । यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रह बमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याकसिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ ।

ग्राहकले एनसेलका आधिकारिक खुद्राविक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहितमात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहितमात्र रु. ४९८.८३ मा १५,००० एमबीलिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।

डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबीलिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्धहुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १२ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न