कोरोनाले स्थगित इङ्लिस प्रिमियर लिग आजदेखि सुचारु हुँदै « Khabarhub

कोरोनाले स्थगित इङ्लिस प्रिमियर लिग आजदेखि सुचारु हुँदै


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल बुधबारदेखि सुचारु हुँदैछ।

बुधबार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्दैछ। यो खेल म्यान सिटीको मैदानमा हुनेछ। २८ खेलबाट ५८ अंक भएको म्यान सिटी अंक तालिकाको दोस्रो स्थानमा छ भने २८ खेलबाट ४० अंक भएको आर्सनल नवौँ स्थानमा छ।

शीर्षस्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ। २९ खेलबाट ५३ अंक भएको लेस्टर सिटी तेस्रो र २९ खेलबाट ४८ अंक भएको चेल्सी चौथोमा छ। लिगका शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने भएकाले नजिकैका लेस्टर र चेल्सी दबाबमा छन्।

२९ खेलपछि म्यानचेस्टर युनाइटेडको ४५ र उल्भ्सको ४३ अंक छ। बुधबारको अर्को खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्दैछ।

२८ खेलबाट २५ अंक भएको एस्टन भिल्ला १९ औँ स्थानमा रहेर रेलिगेसन क्षेत्रमा छन्। २० औँ तथा अन्तिम स्थानमा रहेको नर्विच सिटीको २१ र १८ औँ स्थानमा रहेको बर्नमाउथको २९ खेलबाट २७ अंक छ। लिगका अन्तिम तीन टोली रेलिगेसनमा पर्छन्।

२९ खेलपछि वाटफोर्ड र वेस्ट हामको समान २७ अंक छ। २९ खेलपछि ब्रिघ्टनको २९ र साउथह्याम्पटनको ३४ अंक रहेको छ।

लिगको यो सिजन लेस्टरका जेमी भार्डी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्। उनले १९ गोल गरेका छन् भने चार गोलमा असिस्ट पनि गरेका छन्। दोस्रो स्थानमा रहेका आर्सनलका पायरिक औबामेयाङको १७ गोल र एक असिस्ट छ।

लिभरपुलका मोहम्मद सलाह र म्यानचेस्टर सिटीका सर्जियो एगुएरोको समान १६ गोल छ। साउथह्याम्पटनका ड्यानी इङ्सको १५ गोल छ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : २८ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा