अब देशभरका जमिन डिजिटल प्रणालीबाट फेरि नापजाँच गरिने « Khabarhub

अब देशभरका जमिन डिजिटल प्रणालीबाट फेरि नापजाँच गरिने


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गर्ने कार्य भइरहेको बताएकी छन् ।

मन्त्री अर्यालले मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नमाथि बुधबार राष्ट्रियसभामा जवाफ दिँदै जमिनको नापनक्सा गर्ने कार्य विकसित पछिल्लो प्रविधिमार्फत् भइरहेको बताइन ।

उनले विगतको त्रुटिपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेको चर्चा गर्दै भनिन्, ‘नापनक्साको काम फित्ताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको छ ।’

उनले यसै आर्थिक वर्षदेखि नेपालको सुदुरपश्चिम प्रदेशबाट ‘लाइडर प्रविधि’ मार्फत् नापनक्सा सुरु भएको सदनलाई जानकारी दिए । उनले सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको जानकारी दिइन ।

उनले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताइन ।

मन्त्री अर्यालले अब कानुनी रुपमै व्यवस्था गरेर भूमिहीन, सुकुम्बासी, दलितलाई जग्गा उपलब्ध गराइने बताए । उनले, ‘भूमिहीन, सुकुम्बासी र दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउन कानुनी रुपमै व्यवस्था गरेर अगाडि बढेका छौँ ।’

उनले सरकारले पहिलोपटक भूमि बैङ्कको अवधारणा ल्याएको चर्चा गर्दै जग्गाको उपयोग र उत्पादकत्त्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भूमि बैङ्क स्थापना गरिएको बताए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ५६ बजे

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले