प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनालद्वारा दार्चुला सीमा क्षेत्रको निरीक्षण « Khabarhub

प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनालद्वारा दार्चुला सीमा क्षेत्रको निरीक्षण


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी सीमा ब्यास क्षेत्रको निरीक्षण गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार बिहान दार्चुला पुगेका प्रधानसेनापति र सशस्त्रका आईजीपीले नेपाली सेनाले निर्माण गरिरहेको ब्यास गाउँपालिका २ घाटीबगडको गोरेटो बाटोको स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन् ।

सेनाले नेपालको बाटो भएर ब्यास क्षेत्र जानका लागि घाटीबगड क्षेत्रमा गोरेटो बाटो निर्माण गरिरहेको छ ।

प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न सेनाको विकास निर्माण कार्यदललाई निर्देशन दिए ।

उनीहरुले ब्यास गाउँपालिका १ छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपीको पनि निरीक्षण गरेका थिए  ।

सशस्त्र महानिरीक्षक खनालले दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरीको नम्बर ५० गुल्मको भवनको आजै उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १३ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी