सीके राउतले पाए सर्वोच्चबाट सफाइ « Khabarhub

सीके राउतले पाए सर्वोच्चबाट सफाइ


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्।

सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो।

मधेस विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो। यसअघि राउतलाई विशेष अदालतले सफाइ दिएको थियो।

विशेषको फैसला त्रूटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ बुधबार भएको हो। सरकारको पुनरावेदनमा सुनुवाई गर्दै बुधबार सर्वोच्चले विशेषकै फैसला सदर गरेको हो।

यस बीचमा सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने प्रतिवद्धता जनाउँदै सरकारसँग सम्झौता गरेका थिए।

उनले ११ बुँदे सहमति गरी स्वतन्त्र मधेसको अभियान परित्याग गरेको घोषणा गरेका थिए।

राउतसँगको उक्त सहमति र हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित भएका थिए । २०७५ फागुन २४ गते उक्त सहमति भएको थियो ।

यो पनि पढौं

यस्ता छन् सरकार र डा. सीके राउतको गठवन्धनबीच भएको सहमतिका ११ बुँदा

 

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : ०३ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय