सीके राउतले पाए सर्वोच्चबाट सफाइ « Khabarhub

सीके राउतले पाए सर्वोच्चबाट सफाइ


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्।

सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो।

मधेस विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो। यसअघि राउतलाई विशेष अदालतले सफाइ दिएको थियो।

विशेषको फैसला त्रूटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ बुधबार भएको हो। सरकारको पुनरावेदनमा सुनुवाई गर्दै बुधबार सर्वोच्चले विशेषकै फैसला सदर गरेको हो।

यस बीचमा सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने प्रतिवद्धता जनाउँदै सरकारसँग सम्झौता गरेका थिए।

उनले ११ बुँदे सहमति गरी स्वतन्त्र मधेसको अभियान परित्याग गरेको घोषणा गरेका थिए।

राउतसँगको उक्त सहमति र हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित भएका थिए । २०७५ फागुन २४ गते उक्त सहमति भएको थियो ।

यो पनि पढौं

यस्ता छन् सरकार र डा. सीके राउतको गठवन्धनबीच भएको सहमतिका ११ बुँदा

 

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : ०३ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको