भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, एकैदिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, एकैदिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

एकै दिन शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ३२ हजार ६८२ संक्रमित भएका छन् ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ५ हजार ६३७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६८० जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको २५ हजार ६०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : २२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र