विभिन्न स्थानमा सामान्य वर्षा, आइतबारदेखि लगातार भारी वर्षाको पूर्वानुमान, पूर्वतयारी गर्न सुझाव « Khabarhub

विभिन्न स्थानमा सामान्य वर्षा, आइतबारदेखि लगातार भारी वर्षाको पूर्वानुमान, पूर्वतयारी गर्न सुझाव


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । आजै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आइतबारदेखि फेरि भारी वर्षा

एक-दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा अति भारी (ज्यादै ठूलो) वर्षा हुने सम्भावना छ।

विशेषगरी साउन ५ देखि ८ गतेसम्म व्यापक र ठूलो वर्षा हुने जसका कारण देशव्यापी रूपमा बाढीपहिरोको जोखिम देखिएकाले विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन विभागले सुझाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको