तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन « Khabarhub

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो ।

सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ४३ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ