मेस्सीको गोलले पनि टारेन बार्सिलोनाको हार, घरेलु मैदानमा ओसासुनासँग पराजित « Khabarhub

मेस्सीको गोलले पनि टारेन बार्सिलोनाको हार, घरेलु मैदानमा ओसासुनासँग पराजित


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमै बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो ।

खेलको १५औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए । त्यसअघि खेलको ७७औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ । बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ ।

हारपछि लियोनल मेस्सीले सोचे अनुरुप खेल्न नसकेको बताएका छन्। हारमा आत्मआलोचना गर्दै उनले आफूहरुले जीतका लागि खेल्नु पर्ने बताएका छन्।

‘हामी सबैले सबैदृष्टीबाट केही आत्मआलोचना गर्न आवश्यक छ। हामीले बार्सा हौँ र हामीले जुन सुकै टिमहोस्, जीत्न पर्छ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ०१ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल