ओली र दाहाल नेकपाका स्टेक होल्डर, एकमात्रै निकालिए पार्टी बैधता सकिन्छ : बाँस्कोटा « Khabarhub

ओली र दाहाल नेकपाका स्टेक होल्डर, एकमात्रै निकालिए पार्टी बैधता सकिन्छ : बाँस्कोटा


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्टेक होल्डर केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहँदा ट्वीट गर्दै बाँस्कोटाले ओली र दाहाल नेकपाको स्टेक होल्डर भएको बताउँदै दुई जनामध्ये एक निकालिए वा निक्लिए भने नेकपाको बैधता त्यसैपलदेखि सकिने चेतावनी दिएका छन् ।

यस्तै बाँस्कोटाले आज बिहान अर्को ट्वीट गर्दै कवि भूपी शेरचनको प्रसंग जोड्दै नेकपा कसैको गोटी बनेको टिप्पणी पनि गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘कवि भूपी शेरचन साँच्चै सान्दर्भिक छन् । मार्क्सवाद जतिकै शक्तिशाली लाग्छ, उनको कविता नेपाली राजनीतिमा। हामी आफुखुसी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाईदिनु पर्ने, हामी आफुखुसी कहिल्यै छुट्टिन नसक्ने, कसैले छुट्टयाईदिनु पर्ने, हो, हामी मानिस कम र बढ्ता गोटी हौँ ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ०० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको