ओली र दाहाल नेकपाका स्टेक होल्डर, एकमात्रै निकालिए पार्टी बैधता सकिन्छ : बाँस्कोटा « Khabarhub

ओली र दाहाल नेकपाका स्टेक होल्डर, एकमात्रै निकालिए पार्टी बैधता सकिन्छ : बाँस्कोटा


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्टेक होल्डर केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहँदा ट्वीट गर्दै बाँस्कोटाले ओली र दाहाल नेकपाको स्टेक होल्डर भएको बताउँदै दुई जनामध्ये एक निकालिए वा निक्लिए भने नेकपाको बैधता त्यसैपलदेखि सकिने चेतावनी दिएका छन् ।

यस्तै बाँस्कोटाले आज बिहान अर्को ट्वीट गर्दै कवि भूपी शेरचनको प्रसंग जोड्दै नेकपा कसैको गोटी बनेको टिप्पणी पनि गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘कवि भूपी शेरचन साँच्चै सान्दर्भिक छन् । मार्क्सवाद जतिकै शक्तिशाली लाग्छ, उनको कविता नेपाली राजनीतिमा। हामी आफुखुसी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाईदिनु पर्ने, हामी आफुखुसी कहिल्यै छुट्टिन नसक्ने, कसैले छुट्टयाईदिनु पर्ने, हो, हामी मानिस कम र बढ्ता गोटी हौँ ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ०० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ