इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेको सहज जीत | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेको सहज जीत


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जीत निकाल्दै शीर्ष चारमा आफ्नो दाबेदारी कायमै राखेको छ ।

युनाइटेडले बिहीबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको छ।

क्रिस्टलको मैदानमा युनाइटेडलाई जीत दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक/एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ५५औं मिनेटमा क्रिस्टलका जोर्डन एयुले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनको गोललाई रेफ्रीले अफसाइड दिए ।

त्यसपछि खेलको ७८औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।

जीतसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । पाँचौ स्थानको युनाइटेडले ३६ खेलमा ६२ अंक जोडेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ०८ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै