इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेको सहज जीत « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेको सहज जीत


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जीत निकाल्दै शीर्ष चारमा आफ्नो दाबेदारी कायमै राखेको छ ।

युनाइटेडले बिहीबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको छ।

क्रिस्टलको मैदानमा युनाइटेडलाई जीत दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक/एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ५५औं मिनेटमा क्रिस्टलका जोर्डन एयुले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनको गोललाई रेफ्रीले अफसाइड दिए ।

त्यसपछि खेलको ७८औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।

जीतसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । पाँचौ स्थानको युनाइटेडले ३६ खेलमा ६२ अंक जोडेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ०८ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा