दलित बस्तीको उठीबास « Khabarhub

दलित बस्तीको उठीबास


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – पहिरोले हुम्लाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।

लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरोबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको स्थानीय धनसुर दमाईँले जानकारी दिए ।

पहिरोले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक  अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको  दमाईँले बताए ।

पहिरोमा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताए । पहिरोस्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरीचौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : २८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको