बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया ! « Khabarhub

बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए ।

डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उनी भेरी अस्पताल नेपालगञ्जमा पुगिन । उनले ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकी थिइन । उनले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।

त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुन् ।

धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।

प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उनले भने, “हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ ।”

ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए । “ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ”, उनले भने।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गएको तीन आर्थिक वर्षमा बाँकेमा ६५ हजार १४४ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये १२ हजार ५४० अर्थात् करिब १९ दशमलव २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिए ।

तथ्याङ्कअनुसार आव २०७३/०७४ मा तीन हजार ७९६, आव २०७४/०७५ मा तीन हजार ८०८ र आव २०७५/०७६ मा चार हजार ९३६ महिलाले सामान्य तथा जटिल शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार आव २०७६/०७७ को जिल्लाभरिको तथ्याङ्क भने सङ्कलन भएको छैन ।

त्यस्तै गएको तीन आर्थिक वर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको सङ्ख्या ५२ हजार ६०४ अर्थात् ८० दशमलव ७५ प्रतिशन रहेको छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६०७, आव २०७४/०७५ मा १६ हजार ८६३ र आव २०७५/०७६ मा २० हजार १३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ०३ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही