राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन « Khabarhub

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- राष्ट्रिय परिचयपत्र बनाउन रामेछापमा विवरण संकलन कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबारदेखि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको विवरण संकलन गरी औपचारिक रूपमा सुरुवात गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकको व्यक्तिगत  तथा जैविक विवरण भएको राष्ट्रिय पहिचानसहितको सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम अब जिल्ला प्रशासन कार्यालयबाट निरन्तर हुने बताए ।

नेपाल सरकारले २०७५ सालमा पाँचथर जिल्लाबाट सुरु गरेको यो कार्यक्रम चालू आवबाट रामेछापमा पनि सुरुवात भएको हो । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित ब्यक्ति स्वयं सक्कलै नागरिकता र सम्भव भएसम्म बुबा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताइन् ।

परिचय पत्रका लागि सम्बन्धित ब्यक्तिको फोटो, १० औंलाको चक्र र अन्य व्यक्तिगत विवरण संकलन गरिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको