उपाधिबाट चुकेपछि मेस्सीले भने – टीममा सुधार आवश्यक « Khabarhub

उपाधिबाट चुकेपछि मेस्सीले भने – टीममा सुधार आवश्यक


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको उपाधिबाट चुकेपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आलोचनात्मक रुपमा प्रस्तुत भएका छन् । मेस्सीले क्लबलाई नयाँ उचाई दिन सुधार गर्नु पर्ने ठाउँ धेरै रहेको बताए ।

शुक्रबार बिहान ओसासुनेसँगको पराजय पछि मेस्सी खुलेर बोलेका हुन् । उनले यो सिजनको अन्त्य यसरी हुन्छ भन्ने आफुले अपेक्षा समेत नगरेको बताए ।

बार्सिलोना ओसासुनेसँग घरेलु मैदानमै २–१ ले पराजित हुँदा रियल मड्रिडले भाल्लारियललाई २–१ हराउँदै यो सिजनको उपाधि उचाल्यो ।

बार्सिलोनाको लिगको अन्त्यतिर तुलनात्मक रुपमा आफुभन्दा कमजोर टोलीहरुसँग हार्दा लिग उपाधिबाट एक खेल बाँकी हुँदै टाढियो ।

६ पटकका वालोन डिअर विजेता मेस्सीले च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगमा नापोलिसँगको खेलमा समेत आशंका व्यक्त गरेका छन् । पहिलो लेगमा बार्सिलोनाले नापोलिसँग १–१ गोल बराबरी खेलेको थियो ।

‘हामीले यो सिजनको अन्त्य यसरी हुन्छ भन्ने सोचेका थिएनौं तर, यसैगरि सम्पन्न भएको छ,’ मेस्सीले भनेका छन्, ‘हामीले कमजोर खेल्यौं, कमजोर इच्छाशक्तिका साथ खेल्यौं र आजको खेलले हाम्रो यो सिजनको शारांश बताउँछ ।’

मेस्सीले अगाडि भनेका छन्, ‘हाम्रो आफ्नै क्राइटएरिया छन् । खेलाडीबाट सुरु हुन्छ विश्वभरबाट हामीले आलोचना सहनु पर्छ । हामी बार्सिलोना हौं । हामीले सबै जित्नु पर्छ । हामीले मड्रिडलाई हेर्दैनौं । रियल मड्रिडले राम्रो खेल्यो र हामीले उसलाई धेरै अंक सहयोग गर्यौ।’

च्याम्पियन्स लिगमा अहिलेको खेलमा सुधार गर्न सकिएन भने हार निश्चित रहेको मेस्सीले बताएका छन् ।

‘यदि हामीले च्याम्पियन्स लिग जित्ने हो भने हामीले धेरै कुरा परिवर्तन गर्न जरुरी छ । यदि हामीले यहिँ खेललाई निरन्तरता दियौं भने हामीले नापोलिसँगको खेल गुमाउनु पर्नेछ,’ मेस्सीले भने ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १२ : ४६ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा