स्थायी कमिटी बैठक फेरि सर्‍यो, ४ गते बस्ने | Khabarhub Khabarhub

स्थायी कमिटी बैठक फेरि सर्‍यो, ४ गते बस्ने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक ४ गते (आइतबार) लाई सारिएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज ३ बजे बस्ने भनिएको बैठक आइतबार ३ बजे बस्ने तय भएको बताए ।

शुक्रवार (आज) बिहान ११ बजे बस्ने भनिएको बैठक पुनः ३ बजेलाई सारिएको थियो । नेकपाभित्रको आन्तरिक विवादका कारण बैठक पटकपटक सर्दै आएको छ ।

आइतवारको स्थायी कमिटीमा बैठकमा पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदिमाथि छलफल हुनेछ ।

असार १८ गतेदेखि लगातार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजलाई बोलाइएको थियो । आज पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर दिउँसो ३ बजेलाई सारिएको थियो । बैठकको केही समय बाँकी रहँदा पुनः बैठक सरेको हो ।

पटक–पटक गरेर दुई साता स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा चुलिँदै गएको विवाद मिलाउने प्रयास गरिरहेका छन् । प्रचण्ड–नेपाल पक्षले ओलीको राजीनामा माग्ने र ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएपछि बैठक विना निष्कर्ष टुंगिँदै आएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको थियो ।

बिहीबार भएको वार्तामा पनि दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मत रूपमा हटाउन चुनौती दिएका थिए । उनले विधिसम्मत प्रक्रिया सामना गर्न तयार भएको बताएका थिए ।

ओलीको राजीनामा नदिने अडानपछि दुवै पक्षले बिहीबार साँझ आ–आफ्ना समूहको बैठक राखेर रणनीति बनाइसकेका थिए ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतर समूहको तयारी थियो ।

नेकपाका ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आ–आफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ५२ बजे

दशैँ तिहार लक्षित सुपथ पसलले उपभोक्तालाई सहज (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार

गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

काठमाडौं– अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको

गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा 

वासिङ्टन– माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द

कुष्माण्डा देवीको पूजा आराधना गरियो

काठमाडौं– नवरात्रको पाँचौँ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको