नेकपाले शनिबार बोलायो सचिवालय बैठक « Khabarhub

नेकपाले शनिबार बोलायो सचिवालय बैठक


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक शनिबार (भोलि) लाई बोलाइएको छ ।

साउन ४ गतेलाई तय गरिएको स्थायी कमिटीको बैठकअघि सचिवालय समितिको बैठक बस्न लागेको हो । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

केही समययता नेकपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ । नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि पार्टीभित्र थप विवाद बढेको छ ।

विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच पटक–पटक छलफलबाट सहमति जुटाउने प्रयास भए पनि कुनै सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  २ : १८ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले