मोरङको केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार « Khabarhub

मोरङको केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ।

शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए ।

कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् । सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी-प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : १५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय