मौद्रिक नीति सार्वजनिक : बैंकको ऋण पुससम्म तिर्न सकिने « Khabarhub

मौद्रिक नीति सार्वजनिक : बैंकको ऋण पुससम्म तिर्न सकिने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण पुससम्म तिर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरे ।

त्यस्दै मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए ।

त्यस्तै मर्जरमा जाने बैंकलाई सुविधा दिइने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यस अघि ६५ प्रतिशत सीमा रहेको धितो कर्जालाई ७० प्रतिशत पुर्‍याइएको पनि गभर्नर अधिकारीले बताए ।

अधिकारीले बैकिंङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताउँदै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याएको बताउँदै ११ करोड ८१ लख अमेरिकी डलर विदेशी ऋण भएको बताए ।

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको लागि पुग्ने बताए । उनले संस्थागत कर्जा १८ प्रतिशत र व्यक्तिगत कर्जा विस्तार २० प्रतिशत गरिने पनि बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ३० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर