मौद्रिक नीति सार्वजनिक : बैंकको ऋण पुससम्म तिर्न सकिने | Khabarhub Khabarhub

मौद्रिक नीति सार्वजनिक : बैंकको ऋण पुससम्म तिर्न सकिने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण पुससम्म तिर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरे ।

त्यस्दै मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए ।

त्यस्तै मर्जरमा जाने बैंकलाई सुविधा दिइने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यस अघि ६५ प्रतिशत सीमा रहेको धितो कर्जालाई ७० प्रतिशत पुर्‍याइएको पनि गभर्नर अधिकारीले बताए ।

अधिकारीले बैकिंङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताउँदै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याएको बताउँदै ११ करोड ८१ लख अमेरिकी डलर विदेशी ऋण भएको बताए ।

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको लागि पुग्ने बताए । उनले संस्थागत कर्जा १८ प्रतिशत र व्यक्तिगत कर्जा विस्तार २० प्रतिशत गरिने पनि बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ३० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका