बिग मर्जरलाई थप प्रोत्साहन दिइने « Khabarhub

बिग मर्जरलाई थप प्रोत्साहन दिइने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ठूला बैंकहरुलाई एक आपसमा गाभ्ने गाभिने र प्राप्ति प्रक्रियालाई थप प्रोत्साहन गर्ने भएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई थप मजबुत बनाउन यसलाई प्रोत्साहन गरिने बताएका हुन्।

२०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले एक आपसमा गाभ्ने, गाभिने नीतिगत व्यवस्थाअनुरुप संयुक्त कारोबार गरेमा यस्तो कारोबार सुरु गरेको मितिबाट साबिकको सुविधाका अतिरिक्त २०७९ असारसम्मका लागि अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट दिने भएको छ।

राष्ट्र बैंकबाट तोकिएको संस्थागत मुद्दती निक्षेपको संकलन सीमामा ५ प्रतिशतले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजत प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान व्यवस्था लागू नहुने, संस्थागत निक्षेपकर्ताहरुले राख्ने बैंकअनुसारको निक्षेपको सीमा समायोजन गर्ने सम्बन्धमा सम्बन्धित संस्थाहरुसँग समन्वय गरिने गभर्नर अधिकारीले बताए।

एउटै व्यक्ति समूहद्वारा प्रवर्द्धित भएका वा अप्रत्यक्ष स्वामित्व नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न गाभिन आवश्यक व्यवस्था मिलाइने उनले जानकारी दिए। त्यस्तै लघुवित्तहरुलाई पनि मर्जर व्यवस्था प्रोत्साहित गरिने भएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ४२ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि