मेची भन्सारद्वारा ८ अर्ब ३५ करोड राजश्व संकलन « Khabarhub

मेची भन्सारद्वारा ८ अर्ब ३५ करोड राजश्व संकलन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६१२ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो ।

कार्यालयले आव २०७६/७७ मा १३ अर्ब २४ करोड एक लाख ९९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।

सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व संकलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको रु एक अर्ब १० करोड राजश्व प्रभावित बनेको कार्यालयको भनाइ छ ।

गत चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेको भए पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए ।

गत चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्यालय काँकरभिट्टाले एक अर्ब १० करोड राजश्व गुमाउनुपरेको कार्यालयले जनाएको छ ।

लकडाउन यता पूर्वी नाका भएर सबैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजश्व धान्ने हवाई इन्धन र ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको आयात शून्य झै भएको भन्सार अधिकारी बताउँछन् । पूर्वी नाका काकरभिट्टाबाट झण्डै अढाई करोड मूल्य बराबरको फलफूल तथा तरकारी भित्रिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ३४ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने