विश्वभर २ करोड १८ लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड १८ लाखभन्दा बढीलाई कोरोना संक्रमण


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार १२४ जनाको मृत्यु भएको छ । ३१ लाख ६५ हजार २६३ जना संक्रमित भएकोमा १९ लाख १० हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४७ हजार ५२१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख ६५ हजार २३४ पुगेको छ । त्यसमध्ये ३५ लाख ८५ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २० हजार १४८ जनाको मृत्यु भएको छ । ५६ लाख ५९ हजार ७९४ जना संक्रमित भएकोमा ४३ लाख ८७ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७६ हजार ६५ जनाको मृत्यु भएको छ । ५२ लाख ८२ हजार ९९० जना संक्रमित भएकोमा ३८ लाख १८ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ६७० जनाको ज्यान गएको छ भने ११ लाख २२ हजार ७०८ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ३८ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४२२ जनाको मृत्यु भएको छ । २५ हजार ४४९ जना संक्रमित भएकोमा १५ हजार ३८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : १४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई