बुबाको सम्झनामा सुगमको गीत (भिडियो) « Khabarhub

बुबाको सम्झनामा सुगमको गीत (भिडियो)


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेलले आफ्ना दिवंगत बुबाको सम्झनामा गीत सार्वजनिक गरेका छन् । उनले युट्युबमार्फत ‘बुबा हजुरको याद आउँछ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्ना बुबालाई सुनाउन नपाएकोमा सुगमले दुःख व्यक्त गरेका छन् ।

सुगमका बाबु एकनाथ पोखरेलको गत साउन १० गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत सुगम पोखरेलकै रहेको छ भने संगीत संयोजन सुजिल कर्माचार्यको छ ।

गीतमा बुबाको साथ र मायालाई वर्णन गरिएको छ । गीतमा परिवारले पाउने बुबाको मायालाई चित्रण गरिएको छ ।

गीतको भिडियोमा सुगमले आफै प्रस्तुति दिएका छन् भने उनका बुबाका भिडियो फुटेज पनि देख्न सकिन्छ । भिडियोलाई विकास मगरले सम्पादन र छायांकन गरेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ०६ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ