लागूऔषधसहित एक युवा पक्राउ « Khabarhub

लागूऔषधसहित एक युवा पक्राउ


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – लागूऔषधसहित पक्राउ परेका एक युवालाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ ।

आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणाममा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­२ स्थायी घर भई हाल महाकाली नगरपालिका­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा भुलबाट लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछको क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको प्रवक्ता जोशीले बताए ।

लागूऔषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मुद्दा दर्ताको तयारी भएको प्रहरीले जनाएको  छ ।

यसअघि बन्दाबन्दीको समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १ : २३ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको