उद्धार उडान स्थगित गर्ने सरकारको निर्णय « Khabarhub

उद्धार उडान स्थगित गर्ने सरकारको निर्णय


१ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ ।

विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ ।

पछिल्ला दिनमा संक्रमित बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ ।

उद्धार उडान रोक्ने सरकारको निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले गर्ने भनिएको उद्धार उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् ।

कोभिड–१९ महामारीका कारण सोमबारदेखि नै पाँचौं चरणको उद्धार उडान सुरू भएको एक दिन नहुँदै उडान स्थगित गरिएको हो ।सोमबार हिमालय एयरलाइन्सले मलेसियाबाट र फ्लाई दुवइको उडानबाट गरी ३१८ जना नेपाली स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : ३६ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही