भक्तपुरको मूलसाँघु खोला किनारामा महिलाको शव फेला « Khabarhub

भक्तपुरको मूलसाँघु खोला किनारामा महिलाको शव फेला


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव फेला परेको छ ।

भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गरेको जानकारी दिँदै उहाँले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको बताए ।

खोलाको गहिरो भागमा शव रहेको र नजिकै एक गाई पनि मृत भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार यशोदा तरकारी खोज्न भनी डेरा कोठाबाट निस्किएको थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल