महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा « Khabarhub

महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि महोत्तरीमा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको हो ।

आज राति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो ।

उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

निषेधाज्ञा अवधिभर बिहान ६ बजे देखि ९ बजेसम्म  अत्यावश्यक पसल व्यवसाय संचालन गर्न पाइनेछ ।

व्यवसाय संचालन गर्दा मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरी कायम गर्न भनिएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

हालसम्म महोत्तरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ८८ जना पुगेको छ ।

आज जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश यस्तो छ-

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल