अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र « Khabarhub

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुनेगरी अनुशासित रूपमा देउसी-भैलो सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयका शाखा अधिकृत आनन्द न्यौपानेद्वारा जारी पत्रमा देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले सञ्चालन गर्न दिन तथा कसैलाई पनि जबरजस्ती चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने वातावरण बनाउन सचिवस्तरीय निर्णय भएको उल्लेख छ।

त्यसैगरी, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवं द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिन तथा अस्पताल एवं वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्र आसपास ठूलो आवाजमा साउन्ड सिस्टमको प्रयोग नगर्न मन्त्रालयले सचेत गराएको छ।

चाडपर्वका बेला जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक वा लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउनसमेत गृहले आग्रह गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ९ : ५८ बजे

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी

पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्त बढाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा

‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विख्यात अमेरिकी पत्रिका ‘टाइम’